चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त



काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता एवं निर्माता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसीले दर्जनौं हिट चलचित्रहरु दिएका छन् ।

बोर्ड अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेशसँगै केसीलाई बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।