जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ प्रदर्शन मिति सार्वजनिक



काठमाडौँ। डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’ को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा छन्। चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको चलचित्रमा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.