६२ जना सेलिब्रेटीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान



काठमाडौं। नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७३/७४ को कार्यविधि अनुसार फारम भरेका चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । बिहीबार परिचयपत्र प्राप्त गर्नेमा अभिनेता तथा निर्माता भुवन केसी, हास्य अभिनेता तथा निर्देशक सन्तोष पन्त, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता नरेन्द्र महर्जन, बोर्डका पूर्व अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, नगेन्द्र खड्का क्षेत्री, अर्जुनजंग शाही, रवि गिरी, सानुकुमार ताम्राकार, रिदीचन्द्र श्रेष्ठ, राजाराम पौडेल, मञ्जिल श्रेष्ठ, उज्वल घिमिरे, पवन मैनाली, सुन्दरलाल श्रेष्ठ, शिव ढकाल, वीरेन्द्रनारायण श्रेष्ठ, किरण केसी, जुजुभाइ महर्जन, जय श्रेष्ठ, मदन घिमिरे, प्रकाशचन्द्र सुवेदी, देशभक्त खनाल, नानीबाबु महर्जन, उत्तम केसी, अर्जुन श्रेष्ठ, गोपालकाजी कायस्थ, राजेन्द्र सलभ, दिनेश डीसी, धीरेन शाक्य, आरपी पन्त, हिमाल केसी, सुशील पोखरेल, भोला रिजाल, दयाराम दाहाल, वनिशविक्रम शाह, नरेन्द्र महर्जन, माधव थपलिया, लक्ष्मणविक्रम बस्नेत, कुलबहादुर महत, उद्धवराज भट्टराई, कमल मैनाली, ज्योतिलाल राना, मनोजकुमार आचार्य, मुकुन्दकिशोर भट्टराई, किशोरकुमार ढकाल, नारायण प्रधान, उत्तम दुवा, शिवहरि वैरागी, चिरञ्जीवी बस्नेत, दीर्घ गुरुङ, लव वैष्णव, मनोजकुमार केसी, केशवप्रसाद पण्डित, रीता राना, सपना श्रेष्ठ, प्रदीपलाल श्रेष्ठ, रामकाजी घिमिरे, विकासराज आचार्य, विजय देउजा, ज्ञानेन्द्र देउजा, मदनमान बज्राचार्य र राजकुमार पोखरेल छन् ।

कार्यक्रममा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बनिरहेका स्टुडियोलाई सञ्चालन गर्न प्राथमिकता दिँदै अगाडि बढ्ने र आगामी दिनमा पनि विशिष्ट श्रेणीको परिचय पत्र वितरण गर्ने बताउनुभयो । कार्यक्रममा परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमासमेत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.