प्रेमी शरदसँग इन्दिराले गरिन् विवाह, भनिन् – अब आधिकारीक रुपमा पति– पत्नी



काठमाडौं । लोकप्रिय गायिका इन्दिरा जोशीले विवाह गरेकी छिन् । उनले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भएको हो । विवाहको तस्वीर सार्वजनिक गर्दै इन्दिराले अब आफूहरु आधिकारीक रुपमा पति र पत्नी भएको लेखेकी छिन् ।

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र पेशाले फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

उनीहरुले गतवर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.