काठमाडौँ। चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। आइतबार नेपालगन्जमा सम्पन्न समिति पुनर्गठन कार्यक्रममा अध्यक्षमा रामचन्द्र पौडेलसहित ११ जनाको समिति गठन भएको छ । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समिर बलामीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
गठन भएको कार्यसमिति उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचिवमा विक्रम बुढाक्षेत्री, सह-सचिवमा लक्ष्मी तिमिल्सिना र कोषाध्यक्षमा निशु जोशी चयन भएका छन् । त्यस्तै सदस्यमा मो. जावेद हलवाइ, ज्ञानसंगम खड्का, रामप्रसाद आचार्य, रजनी योगी, सावित्री विश्वकर्मा र समिर शाही चयन भए ।
समितिको सल्लाहकारमा भने कमल खत्री, गणेश विक र सञ्जिव शाक्यलाई राखिएको छ । यसअघि २०७५ सालमा चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको गठन गरिएको थियो । वि.सं. २०७५ सालमा स्थापना भएको बाँके शाखाका अध्यक्ष गणेश विक निष्क्रिय भएर काम नगरेपछि संघको पुनर्गठन भएको चलचित्र पत्रकार संघ, नेपालका महासचिव बलामीले बताए ।