कलाकार तथा प्रोडक्सन डिजाइनर सुवेदी अब निर्माता



काठमाडौँ। लामो समय देखी नेपाली चलचित्रमा अभिनय तथा प्रोडक्सन डिजाइनरको रुपमा सक्रिय विनोद सुवेदी (खत्री) अब चलचित्र निर्माणमा पनि लाग्ने भएका छन्। चलचित्र ‘वीर विक्रम’,’ब्लाइण्ड रक्स’,’वीर विक्रम २’ लगायत चलचित्रका साथै कमेडी टेली सिरियल ‘हल्का रमाइलो’,’ख्याल ठट्टा’ बाट कलाकारको रुपमा परिचित विनोद सुवेदी अब निरन्तर चलचित्र निर्माण लाग्ने योजनामा रहेका छन्।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को कार्यकारी निर्माताको रुपमा विनोद सुवेदी (खत्री) काम गरेका छन्। उनको लगानीमा अर्को चलचित्रको काम पनि अघि बढी सकको उनले जानकारी दिए। टिम तयार भई सकेको र अब छिट्टै फ्लोरमा जाने सुवेदीले बताए । ‘राम्रो कन्टेन्ट र राम्रो टिम मिलेर राम्रो चलचित्र बनाउने हो भने नेपाली चलचित्रले दर्शकको मन जित्नेछ र पैसा पनि कमाउन सकिन्छ’ उनि भन्छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.