‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द : अब ‘द प्रकाश सुवेदी शो’



काठमाडौं । ‘रजतपट अंकल’का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका तीनवटा कार्यक्रम बन्द हुने भएका छन् । उनले संचालन गर्दै आएका ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ अबदेखि प्रशारणमा नआउने भएका हुन् ।

सुवेदीले यी तीनवटै कार्यक्रमलाई एउटै स्वरुप दिन लागेको जानकारी दिए । शनिबारको ‘ग्ल्यामर गफ’मा सुवेदीले भनेका छन – ‘हाम्रा तीनवटा कार्यक्रमहरु रजतपट, ग्ल्यामर गफ र बागीनालाई एउटै स्वरुप दिँदैछौं ।’ उनले तीनवटा कार्यक्रमलाई एउटै स्वरुप दिँदै ‘द प्रकाश सुवेदी शो’ नामक कार्यक्रम संचालनमा ल्याउन लागेको जानकारी दिए ।

असार २ गतेदेखि ‘द प्रकाश सुवेदी शो’ प्रशारणमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.