नेपालमा सबैभन्दा बढी सब्सक्राइब रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । उक्त युट्युब च्यानलको नाम नै ह्याकरले परिवर्तन गरेर ‘टेस्लालाइभ’ राखेका छन् । टेस्ला विश्वका सबैभन्दा धनी मानिने एलन मस्कको कम्पनी हो ।
म्युजिक नेपालको युट्युब च्यानलको ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि पनि विभिन्न म्यूजिक कम्पनीको युट्युब च्यानल ह्याक भएको थियो ।