काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’ सेन्सर पास भएको छ । सोमबाट सेन्सर बोर्डले सिनेमालाई पिजी सर्टिफिकेट दिएको छ । अब सिनेमा हेर्न चाहने १६ बर्षभन्दा मुनिका दर्शकले अभिभावक साथमा लिएर हल जानु पर्नेछ । सिनेमालाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
सिनेमामा कार्म र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।