रञ्जना सिनेप्लेक्समा १७५ रूपैयाँमै सिनेमा हेर्न पाइने



काठमाडौँ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रूपैयाँमै टिकट वितरण गर्ने भएको छ। वैशाख १४ गतेदेखि लागू हुने गरी प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने छन्। बिगमुभिज लगायतका हलहरूले हप्ताको दुई दिन टिकटमा छुट दिएको कारण पनि रञ्जना सिनेप्लेक्सले छुट दिएको प्रबन्धक विनोद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार अन्य हलको जस्तै रञ्जना सिनेप्लेक्सले पनि टिकटमा छुट दिनुपर्ने भनेर दर्शकको माग आएपछि टिकटमा छुट गरिएको हो।

हप्ताको दुई दिनबाहेक टिकटको मूल्य ३५० रूपैयाँ छ। एक महिनाअघि पुनः संचालनमा आएको रञ्जना सिनेप्लेक्समा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर २’ प्रदर्शनमा छन्। यहि शुक्रबार अर्थात बैशाख १६ गतेबाट नेपाली चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आउदै छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.