विवाहको तयारीमा मेलिना, ‘इन्गेजमेन्ट’को तस्वीर सार्वजनिक



काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग मेलिनाले विवाहको तयारी गरेकी हुन् । बराईलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको फेसबुकमार्फत संकेत दिएकी हुन् ।

मेलिना र सञ्जीवले इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरिसकेको खुलेको छ । यद्यपी मेलिना र सञ्जीवले इन्गेजमेन्ट गरेको तस्वीर शुक्रबारमात्रै फेसबुकमा शेयर गरेका छन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको उनीहरुले खुलाएका छन् ।

मेलिनाका दर्जनौं गीतहरु निकै लोकप्रिय छन् भने सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.