सञ्जिवको ‘जिउने आधार’ मा विना र सुनय (भिडियो)



काठमाडौं । गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सहित सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र विना राउत फिचर्ड छन् । सुनयको यो ‘डेब्यू’ म्युजिक भिडियो हो । भिडियोमा सुनय र विनाको प्रेमभावलाई देखाइएको छ ।

भिडियोमा दिनसन शाहको सम्पादन तथा कलर, फराज अर्पणको छायांकन तथा गणेश शाहीको निर्देशन छ । भिडियो गायक पराजुलीकै युट्युब च्यानल सञ्जीव पराजुलीबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.