आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,५५ देशका चलचित्र सहभागी



काठमाडौं । पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।’

राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.