‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि स्वदेश फर्किए अभिनेता बिक्रम



काठमाडौं। बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् । उनलाई निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङ
लगायतका कलाकर्मीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सपरिवार स्वदेश आएका उनलाई विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए ।

चैत १८ देखि प्रदर्शन आउने ‘हेल्लो जिन्दगी’ मा बिक्रम प्रमुख भूमिकामा छन् । उनले करिब चार वर्षपछि यही चलचित्रको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए । हरेक कोणबाट फिल्म गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले विषयवस्तु राम्रो भएकाले दर्शकले चलचित्र मन पराउने विश्वास व्यक्त गरिन् ।

‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त जुन, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।

सत्य घटनाबाट प्रभावित चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन, सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्म्ससंगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

‘हेल्लो जिन्दगी’ को केही दिनअघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । अब छिट्टै नै लोक शैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले दिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.