गीत रेकर्डिङ्ग सुरु गरेर चलचित्र बर्दीको कार्य थालनी


rajesh-payal-rai
(सेलिब्रेटी नेपाल) २८ जेठ-राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियोमा गीत रेकर्डिङ्ग सुरु गरेर नयाँ चलचित्र ‘बर्दी’ को कार्य थालनी भएको छ। चलचित्रका लागि गायक राजेशपायल राई र गायिका माण्डवी त्रिपाठीले ‘सागर भन्दा गहिरो’बोलको गीत गाएका थिए । पुरुषोत्तम बस्नेतको शब्द र विकास चौधरीको संगीत रहेको यो गीतमा विवाहित जोडीको रोमान्टिकतालाई समेटएिको छ ।

यसअघि चलचित्र ‘मानव’ बनाएका निर्माता तथा पत्रकार कुमार आचार्यले बर्दी बनाउन लागेका हुन् ।चलचित्रलाई विजयविक्रम बस्नेतले निर्देशन गर्न लागेका हुन्। चलचित्रको लागि कलाकार विरेन डीसी मात्र फाइनल भएका छन्। अधिकाम्स नव कलाकार राख्ने योजना भएको निर्माण पक्षले जानकारी गराएको छ सानु कुमार महर्जनको द्वन्द्व , अजय स्याङतानको नृत्य, गणेश कुमार श्रेष्ठको छायांकन रहने यस चलचित्र हेटौडा, सर्लाही लगायतका क्षेत्रमा छायांकन हुनेछ। चलचित्रको छायांकन असारको पहिलो साताबाट सुर गर्ने योजना बनाएको निर्देशक बस्नेतले बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.