नम्रतासँग डीआरको ‘जुनी जुनी’ जिउने वाचा (भिडियो)



काठमाडौँ। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् ।

रोमान्टिक प्रेमकथा व्यक्त गर्ने गीतको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्याल प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । १४ तालहरूमा छायांकन भएको भिडियो गीतकार उपाध्याय आफैले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ । डीआर म्युजिक क्रियशनले आफ्नो युट्युवमार्फत गीत सार्वजनिक गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.