‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा



काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते रिलिज गर्न लागेको निर्देशक दीपक ओलीले बताए ।

दीपक ओलीको निर्देशन रहेको चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईं लगायतको अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्मातामा रहेका छन् ।

लभस्टोरी जनरामा निर्मित चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।