मिलनको ‘बर एन्ड बधु’मा आँचल अनुबन्धित



काठमाडौँ । मिलन चाम्सको निर्देशनमा चलचित्र ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । मिलन हाल ‘गोर्खा वारियर २’को छायांकनमा व्यस्त छन्। माघभरिमा यो चलचित्रको छायांकन सकाएर फागुनबाट ‘बर एन्ड बधु’ को छायांकन गर्ने उनको योजना छ।

कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको ‘बर एन्ड बधु’ को कथावस्तु रोचक रहेको मिलनले बताए । ‘कोरोनाको तेश्रो लहर कम भयो भने हामी फागुनबाट चलचित्रको छायांकन सुरु गर्छौ,’ निर्देशक चाम्सले भने ‘अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् ।’

चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने ‘बर’को भुमिकाको लागि नयाँ अनुहार खोजिरहेका मिलनले बताए । एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्य कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटको योजना रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.