अभिनेता प्रभासका एक पछि अर्को फिल्म प्रदर्शनको प्रतिक्षामा



एजेन्सी। फिल्म ‘बाहुबली’ बाट भारतभर मात्र होइन, संसारका अरू पनि थुप्रै देशका दर्शकमाझ दक्षिण भारतीय अभिनेता प्रभास चिनिन सफल भए। बाहुबलीका दुई भागले उनको चर्चा र करिअरको शिखर एकैपटक चुलियो।

बाहुबलीका दुवै भाग आइसेकपछि उनी अभिनित’साहो’ प्रदर्शनमा आयो ।’साहो’ ले राम्रै कमाइ गरे पनि सुपरहिट भने हुन सकेन। प्रभासको नयाँ फिल्म ‘राधेश्याम’ प्रदर्शनको तयारीमा थियो। तर कोरोना महामारीका कारण यो फिल्म भनेको समयमा रिलिज हुन सकेन।

भारतीय सञ्चारमाध्यमहरूका प्रभासका केही फिल्म सन् २०२२ र सन् २०२३ सम्ममा आउँदै छन्। प्रभासले सबभन्दा पहिले चर्चा पाएको भने फिल्म ‘डार्लिङ’ बाट हो। सन् २०१० मा रिलिज भएको डार्लिङमा दुई बालसखाको कथा छ। पारिवारिक फिल्म भएकाले यो धेरै दर्शकमाझ पुग्न सफल भयो। यसपछि उनले थुप्रै एक्सन फिल्म पनि खेले। पछिल्लो ‘साहो’ मा पनि भरपूर एक्सनमै छन्। तर राधेश्याममा उनी फेरि प्रेमी भएर फर्केका छन्।

यसपछि प्रभासको अर्को फिल्म आउँदैछ आदिपुरुष। यो रामायणको कथामा आधारित छ। आदिपुरुषपछि उनी ‘सलार’ मा फेरि एक्सन हिरो भएर फर्किँदै छन्। यति मात्र होइन, उनी ‘के’र ‘स्पिरिट’मा पनि देखिँदै छन्। उनका यी फिल्म अलग विधाका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.