अनीश ओकिलीको ‘सिमल भुवा’ मा प्रिया रानी र प्रज्वल (भिडियो)



काठमाडौँ।’सरिताको दिदी’ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत `सिमल भुवा´ सार्वजनिक गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्यालबाट हेरी लगायत गीतहरू चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.