राजेशपायल राईमाथि स्टेजमै हातपात



काठमाडौँ। चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चारकर्मीलाई बताएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.