गौरव र अनुको ‘पसिना’ युट्युबमा



काठमाडौं, पुस १३ । नेपाली कथानक चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ ।

आर.बि.खत्री (शरद)को लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवी गिरी, धु्रब कोइराला, जयनन्द लामा, सरोज अर्याल, शान्ती गिरी लगायतको अभिनय छ । शान्ता ढकालको लगानी रहेको चलचित्रमा छुल्ठिम गुरुङको आइटम नृत्य छ । चलचित्रमा श्रम नगरि पैसा आउँदैन भन्ने सन्देश दिन खोजिएको छ । आफ्नै माटोमा पसिना बगाए सफल भइन्छ भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।

आशिश र निर्देशक शरदको पटकथा तथा संवाद रहेको चलचित्रको कार्यकारी निर्माता संजय महत्तो हुन् । राम केसीको छायाँकन रहेको चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन छ ।

दुई दिनअघि ओएसआर डिजिटल युट्युबमा सार्वजनिक चलचित्रलाई मंगलबार रातीसम्म २ लाख ४० हजार बढीले हेरिसकेका छन् । युट्युबमा चलचित्रलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.