नवलले सके ‘काँडेतार’को छायाँकन, प्रदर्शन कहिले ?



काठमाडौं, पुस ११ । निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकाएका छन् । प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन गरिएको खड्काले जानकारी दिए ।

नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथालाई उठान गरिएको चलचित्रमा नवलले शीर्ष भूमिकामा अभिनय गरेका छन् । त्यस्तै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर लगायतले चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् ।

प्रशान्त यादव, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, पर्शुराम चौधरी, राजेन्द्र भगत, पन्नालाल चौधरी, प्रकाश अनुराग, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, रामेश्वर बुर्लाकोटी, केशव रायमाझी, अञ्जु केसी, खेम नेपाली, ज्ञानेन्द्र कोइराला, रामविश्वास थारु, मातृका घिमिरे, रितु चौधरी, प्रेम कार्की, प्रतीक श्रेष्ठ, छवि बैरागी घिमिरे लगायतले समेत चलचित्रमा अभिनय गरेका छन् । नादिया खड्का र सनया खड्काले बालकलाकारका रुपमा अभिनय गरेका छन् । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । निर्देशक तथा कलाकार खड्काले भन्छन्, ‘सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव पनि कायम राख्छ भन्ने चलचित्रको कथासार हो ।’ अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै नवलले प्रदर्शनसम्म ३ करोड बढी लगानी हुने बताए ।

यो चलचित्र सार्वजनिक प्रदर्शनभन्दा अगाडि विदेशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । त्यस्तै, देशका अधिकांश जिल्लामा चलचित्रको च्यारिटी शो गरिने नवल बताउँछन् । बेशाखबाट च्यारिटी शुरु गरिने नवलले जनाएका छन् ।

श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ । चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.