नगद २५ लाख पुरस्कार सहित रियालिटी शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ घोषणा



काठमाडौँ । इमेज च्यानलले ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपालसंग प्रशारण सम्झौता भएको छ । नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने यस कार्यक्रममा विभिन्न रियालिटी शोमा भाग लिएर पनि आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई भाग लिन बिशेष प्रोत्साहन दिने उक्त च्यानलले जनाएको छ । साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनौट प्रक्रियामा उचित स्थान दिइने भएको छ ।

कार्यक्रमको छनौटको पहिलो चरण डिजिटल फर्म्याटमा अडिशन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ को पुरस्कार राशि रु २५००००० रहेको छ ।

भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एच डिमा प्रशारण गर्ने उद्देश्यका साथ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ निकट भविष्यमै उत्पादन गर्ने जनाएको छ ।

दर्शकहरु माझ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“को प्रचार अभियानका लागि डिजिटल मिडियामा चाडैनै “गेस द जजेज“ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजनाबाट हुनेछ ।

यस कार्यक्रमको भोटिंग पार्टनर सजिलो पे रहेको छ , साथै यस कार्यक्रमको मार्केटिंगको जिम्मेवारी सुश्री मिडियाले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.