घरेलु हिंसाको कथामा ‘अञ्जली’



काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको चलचित्र ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्रमा कथा र निर्देशन दिनेश लिङ्देनको छ ।

चलचित्रमा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, प्रेम आले मगर, देब राई, मेख मगरको अभिनय रहेको छ ।

सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको चलचित्रमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । चलचित्र आगामी मंसीरमा रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.