रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे



काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो। घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७५ वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् ।

लाइन प्रोड्युसरको रुपमा काम गर्दा गर्दै एक्जुकेटिभ प्रोड्युसर बनेका राजेन्द्र घिमिरे अब साउथ इन्डियन फिल्म तमिल, तेलगु, मल्यालम र मराठि फिल्म अभिनय पनि गर्न थालेका छन । उनले हाल सालै मात्र अभिनय गरेका साउथका ठुला ठुला फिल्महरु अनाथे, महान, कार्तिकेय २ का पोस्टरहरु रिलिज भएका छन ।
endra
अनाथेमा रजनिकान्त ,महानमा बिक्रम र उनका छोरा ध्रुब र कार्तिकेय २ मा निखिल सिद्दार्थ संग उनले अभिनय गरेका छन । अहिले यि तिनै फिल्मको पोस्ट प्रोडक्सन चलि रहेको छ।

दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् । यस फिल्मको निर्देशन सिरुथई शिवाले गरेका हुन् । फिल्ममा मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु देखिनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.