‘चुरीफुरी’ युनिटले कैदी बन्दीहरुलाई बाड्यो तीजको कोसेली



काठमाडौँ। केन्द्रिय कारागार सुन्धारामा रहेका ३६० कैदी बन्दीहरुलाई चलचित्र ‘चुरीफुरी’ युनिटले राहत स्वरुप तिजको कोसेली वितरण गरेको छ। समाजसेवी इन्दिरा राना मगरको संयोजनमा चलचित्रका सह निर्माता शिव थापा,सह निर्मात्री बिमला भुसाल तथा चलचित्र ‘चुरीफुरी’ का निर्देशक ऋषिराज आचार्यले महिला कैदि बन्दीहरुलाई तीजको कोसेली स्वरुप चुरा ,टीका,काँटा जस्ता शृङारका सामग्रीहरु वितरण गरेका छन् । निर्देशक आचार्यले आफ्नो कारणले उनीहरुको मुहारमा उज्यालो देख्न पाउँदा निकै खुशी लागेको बताए।

चलचित्र युनिटले कोरोना महामारीले लकडाउन भएको समयमा पनि काम गरेर खान नपाएका मजदुर हरुलाई राहत वितरण गरेको थियोे ।
चलचित्रमा रबिन्द्र झा,शिशिर भन्डारी ,राजिब जङ बस्नेत ,अभिषेक श्रेष्ठ ,पुजा पन्त,सोना बज्राचार्य ,दिपक आचार्य (काकु) ,सुबोध गौतम (एदुमे) ,पबन खतिवडा (म्याकुरी) ,सुरबिर पन्डित,राजेन्द्र खाती,सुनिता श्रेष्ठ ,लक्ष्मी ढकाल (जोया) ,सरिस्मा मगर,अस्मिता गौतम आदि कलाकारहरुले अभिनय गरेका छन। चलचित्रमा दिपक शर्माको संगीत ,भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ। चलचित्रका सह निर्माता बिमला भुसाल ,राजेन्द्र खाती र शिव थापा मुख्य निर्माता ऋषिराज आचार्य र रिना ढकाल (भण्डारी ) रहेका छन। चलचित्र स्थिति सामान्य हुनासाथ प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.