अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित



काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी दियो। चलचित्र विकास बोर्डका सदस्य समेत रहेका कटुवालले यस अघि चलचित्र ‘लाल्टिन’,’लीला’,’संरक्षण’जस्ता चलचित्रमा काम गरि सकेका छन्।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।

राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको चलचित्रलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.