चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज



काठमाडौं। विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज गरिएको छ । राजु अधिकारी निर्देशित यो चलचित्र हलमामा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ ।

तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्रमा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, एनी विष्ट, बेनी ढुङगाना, दीपक ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत,कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारी आचार्यको लेखन छ । चलचित्र म्यूजिक नेपाल मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । युरोपका विभिन्न स्थानमा छायांकन भएको चलचित्र युरोपका विभिन्न देश र लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको थियो ।