निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन



काठमाडौँ। चलचित्र निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

भारतमा जन्मिएर लामो समय उतै काम गरेका बिशारदले चलचित्र‘यता न उता’मा निर्देशनमा मिराज संग सह कार्य गरेका थिए । बस्नेतले चलचित्र‘मिस्टर भर्जिन’ सोलो निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका थिए ।

नेपालमा उनले एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउने काम गरेका थिए । उनले चलचित्र ‘दुई रुपैंयाँ’,’सुश्री सम्पति’,’गरुड पुराण’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनको शुक्रबार सांझ नै पशुपतिमा दाह संस्कार गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.