अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग



काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् । उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।

सुपुष्पा एक वर्षदेखि ‘कबड्डी’ र ‘मिष्टर झोले’का निर्माता रौनकसँग प्रेममा थिइन् । सुपुष्पा अभिनित चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको पखाईमा छ ।
रौनकले’पुरानो डुंगा”कबड्डी २’,’मिस्टर झोले’ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा चलचित्र क्षेत्रका सेलिब्रेटी सहित उनीहरुका आफन्त सहभागि थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.