अष्ट्रेलिया भ्रमणमा पुगेका जीवन म्युजिक भिडियोमा (भिडियो सहित)


(सेलिब्रेटी नेपाल) ३१ बैसाख-२०६९ सालका सफल नायक जीवन लुइटेलको चर्चा बजारमा एकाएक चुलिएको छ । जीवनले अभिनय गरेका अधिकांश चलचित्रका गीतसंगीत पनि उत्कृष्ट नै हुने गर्दछन् ।जीवन २०६९ को वर्ष हिरो साबित भयका थिय। उनले अभिनय गरेका चलचित्रले लगानी उठाउन सफल रहे। गत बर्ष उनले अभिनय गरेको मालतीको भट्टी, रिदम, नोटबुक जस्ता चलचित्रका गीत हिट छन् । केहि महिना अगाडी मात्र अष्ट्रेलिया भ्रमणमा पुगेका जीवनले त्यहिं नै म्युजिक भिडियोको शुट गर्न भ्याए।

गायक राजकुमार गोस्वामीको एल्बम कोसिसमा रहेको ‘दोष त मेरो’ बोलको गीतमा अभिनय गरे । अष्ट्रेलियामा सुटिङ गरिएको सो म्युजिक भिडियोमा सुभाङ्गी कोइरालाले जीवनलाई साथ दिएकी छिन् । रजनी शाहको शब्द र सन्देश परियारको संगीतमा गोस्वामीको स्वर रहेको सो भिडियोलाई दिपेश पुनले निर्देशन गरेका हुन्।
dosh-video-clip

Copyright © 2012 - 2026 | All Right Reserved.