गीतकार प्रल्हाद शाहको ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)



काठमाडौँ। गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन्।

भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ। डिल्लीबजारमा रहेको होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया,युके,अमेरिका,न्युजिल्यान्ड,क्यानाडा लगाएत युरोपका केहि देशहरुमा बिद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने काम गर्दछ। उक्त कन्सल्टेन्सीले टोफल तथा आइल्टसका कक्षाहरु पनि संचालन गर्दै आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.