आफुलाई धेरै निर्माता निर्दशकले आग्रह गरेको भन्दै इन्दिराले आफु गायिका नै भएर रहने बताए पछि निर्देशक भट्टराईले पनि थप कर गरेनन तर आखिर राम्री मान्छे प्राय सबैको आँखामा परिनै रहिन र आज सम्म आइपुग्दा उनलाई करिब तिन दर्जन भन्दा बढी निर्माता निर्देशकले चलचित्रमा अभिनय गर्न आफ़र गरिसकेका छन् तर उनको उत्तर अझै पनि फेरिएको छैन। यो इन्दिराको कुनै घमण्ड भने होइन किनकी उनले आफु फिल्ममा भन्दा गीतमा नै बढी रमाएको र फिल्मको लागि पर्फेक्ट नभएको बताउनुले उनको काम प्रतिको इमान्दारितालाई झल्काएको छ । हिरोइन बनाइदिन्छु भन्दा आँखा चिम्लेर ओके भन्ने नेपाली चेलीहरुलाई एउटा शिक्षा पनि हो यो। हुनत इन्दिरालाई हिरोइनको रुपमा उनका धेरै फ्यानले हेर्न मन गरेका छन् तर आफुलाई विश्वास भएको क्षेत्रमै रमाउनु इन्दिराको आफ्नो इच्छा पनि हो । इन्दिराले गायन क्षेत्रसंग सम्बन्धित कुनै मन पर्ने कथा भए भविष्यमा कुनै दिन चलचित्रमा आउन सक्ने संकेत एक अन्तर्वार्तामा दिएकी थिइन् तर हाल भने उनी चलचित्र अभिनय गर्ने कुनै मुडमा नभएको बुझिएको छ ।