चलचित्र पत्रकार संघ दाङको साधारणसभामा रंग पत्रकार न्यौपाने र निर्देशक आचार्य सम्मानित



दाङ। विगत १ दशकदेखि जिल्लामा रही रंग पत्रकारिता गर्दै आएका सक्रिय रंग पत्रकार ध्रुव राज न्यौपाने ‘वर्ष रंग पत्रकारिता सम्मान-२०७७’ बाट सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको १० औं वार्षिक साधारणसभामा न्यौपानेलाई सो सम्मान प्रदान गरिएको हो। न्यौपाने चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको निवर्तमान अध्यक्ष समेत हुन्।

साथै सोही कार्यक्रममा दाङ जिल्ला जन्मिएर करिब २ दशकदेखि चलचित्र क्षेत्र क्रियाशील रहनुभएका चलचित्र निर्देशक,कलाकार तथा निर्माता ऋषिराज आचार्यलाई ‘वर्ष कलाकारिता सम्मान-२०७७’ बाट सम्मान गरिएको छ। निर्देशक आचार्यले मिस्टेक,सपना तिम्रो मेरो,सुन्तलीलाई भगाइ लग्यो झिल्केले र ड्रीमगर्ल गरि चार चलचित्र निर्देशन गरिसकेका छन् भने उनले केही टेलिचलचित्र निर्माण तथा निर्देशन समेत गरेका छन्।


चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पान्डेयको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि पान्डेयले उपमहानगरपालिका दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न लागि परेको र दाङमा चलचित्र सुटिङ गर्न सकिने सम्भावित ठाउँको अध्ययन भइरहेकाले अब छिट्टै केही न केही नयाँ परिणाम आउने बताए। साथै मेयर पान्डेले चलचित्र मेकरहरुलाई दाङमा आएर चलचित्र सुटिङ गर्न समेत अनुरोध गरेका छन् । अर्को एक प्रसङ्गमा प्रमुख अतिथि पान्डेले चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले चलचित्र सम्बन्धि गरिरहेको गतिविधि निकै प्रसंसनीय रहेको समेत उल्लेख गरे।

संघको वार्षिक साधारणसभा कार्यक्रममा संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले आफ्नो बुवा-आमाको स्मृतिमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापन गरेका छन्।जुन अक्षयकोषबाट हरेक वर्ष एक जना रंग पत्रकारलाई भागवत-बसन्ता रंग पत्रकारिता पुरस्कारको नामबाट पुरस्कृत गरिनेछ। त्यस्तै संघका वर्तमान उपाध्यक्ष सन्तोष के.सी.ले बुवा स्व.चमन बहादुर के.सी.को सम्झनामा ५५ हजार ५ सय ५५ रुपैयाँकै अक्षयकोष स्थापना गरेका छन्।जुन अक्षयकोषबाट चमन बहादुर रंग पत्रकारिता पुरस्कारको नामबाट हरेक वर्ष १ जना रंग पत्रकारलाई पुरस्कृत गरिनेछ।

कार्यक्रममा रिपोर्टर्स क्लब दाङका अध्यक्ष तथा संघका सल्लाहकार शरद रेग्मी,नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली,सम्मानित व्यक्ति द्वय चलचित्र पत्रकार दाङका निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने,निर्देशक ऋषिराज आचार्य, तुलसीपुर मेट्रो कलेजका प्रिन्सिपल साहित्यकार बसन्त आचार्य, सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित केन्द्रिय सदस्य संगीत बस्याल ,गोरखा मा.वि.का प्रिन्सिपल विजयमान जि.एम.,कान्तिपुर राष्ट्रिय दैनिकका उप-सम्पादक दुर्गालाल के.सी.,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी,एन प्याब्सन दाङका अध्यक्ष विमल गौतम,चपस दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मी,सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली,महिला अधिकारकर्मी सुष्मा गिरि,तुलसीपुर नगर जेसिसका अध्यक्ष नारायण भट्टराई,रोटरी क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ,विज्ञान समाज रोल्पाका अध्यक्ष मान बहादुर बस्नेत,महिला पत्रकार मन्च दाङका सचिव सर्मिला डि.सी.,ग्रेट अरनिको मा.वि.का प्रिन्सिपल विष्णुप्रसाद आचार्य लगाएतले बोलेका थिए।

संघको १० औं वार्षिक साधारणसभामा संघका सचिव पुर्ण के.सी.ले वार्षिक प्रगतिको प्रतिवेदन र कोषाध्यक्ष तीर्थ राज चौधरी ले आर्थिक प्रतिवेदन पेश गरेका थिए। संघका सह-सचिव निरला अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष के.सी.ले गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.