‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर गन्धर्वको निधन



काठमाडौँ। ‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व) को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको हो ।

५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका १६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।

उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व सारंगी पाठशाला’ को समेत गठन गरेका थिए । पाठशालामा उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।