‘डिसेम्बर फल्स’ को शुभमुर्हुत, देखियनन् मुर्हुतमा कोहि कलाकार



काठमाण्डौ।‘डिसेम्बर फल्स’ को निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि शुभमुर्हत गरिएको छ। शुभमुर्हुतमा चलचित्रका कलाकारको उपस्थिति थिएन। चलचित्रका निर्माता तथा निर्देशक मात्र उपस्थित थिए। चलचित्रको सोमबारबाट सुटिङ सुरु हुदैछ । निर्माणाधिन चलचित्र ‘डिसेम्बर फल्स’ को युट्युव र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । चलचित्र साउन १ गते नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने जानकारी कार्यकारी निर्माता लक्ष्मण रिजालले दिएका छन् ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्दैछन् । बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाकार महेश आर गुप्ता छन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.