पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु



काठमाडौँ। अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायांकन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ ।

लभस्टोरी चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गर्दैछन् । ‘तिम्रो मेरो साथ’बाट निर्देशनमा डेव्यु गर्न लागेका पौडेल स्वंयमको कथा, गीत र निर्माण रहनेछ । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गर्दैछन् ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको चलचित्रका निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

चलचित्रमा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । ‘तिम्रो मेरो साथ’को नेपाल र केही दृश्यहरू अमेरिकाका बिभिन्न सहरहरूमा छायांकन गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.