लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी (भिडियो)



काठमाडौं। अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपको साथमा बिन्दिया शाही,निक शर्मा,सपनकुमार थापाले अभिनय गरेका छन् । रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मान्शा मान्शभी क्रियशन मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गीतसंगीत तथा चलचित्र निर्माणको क्षेत्रमा अघि बढ्ने उद्धेश्यले स्थापना गरिएको मान्शा मान्शभी क्रियशनबाट आगामी दिनमा धेरैभन्दा धेरै गुणस्तरिय गीत,भिडियो तथा चलचित्र उत्पादन गरिने बताइएको छ । लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियो चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको हो ।

रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राबिधिक निर्देशन रहेको भिडियोको मुख्य सहायक निर्देशक दीपक अधिकारी छन् । गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उताव–चढावलाई प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.