‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा छल्कियो सुष्माको जवानी (भिडियो)



काठमाडौँ। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागो, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै चलचित्र बाट डेब्यु गर्दै छन्।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रलाई यशाेदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन्। दिपेश सापकोटाले निर्देशन गरेको चलचित्र अब छिट्टै सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.