जय किशन र एलिनाको ‘जेपीटी’ सार्वजनिक (भिडियो)



काठमाडौं । चलचित्र निर्देशनमा डेव्यु १५ बर्षका राजेन्द्र साने निर्देशित चलचित्र ‘स्वागतम् माई दिलपुर’ को ‘बोल्दीन जेपिटी…’ बोलको गीत सार्वजनिक गरिएको छ । साईराम पिक्चर्सको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा जयकिशन वस्नेत, एलिना रायमाझी, दिपा सिंह ठकुरी लगायतका कलाकार फिचर्ड छन् । कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाढले गरेका हुन् ।

राजन महर्जनको कोरियोग्राफि देव महर्जनको द्वन्द निर्देशन, तारा थापाको सम्पादन रहेको चलचित्र सिनेमा घर खुले लगतै प्रदर्शनमा आउने तयारीमा छ। चलचित्र ‘स्वागतम् माई दिलपुर’ का कथा, परिकल्पना राजबहादुर सानेको रहेको छ भने प्रस्तुतकर्ता सौर्याल थापा र निर्मातामा रमेश वनगोसाई, कुमार केसी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.