माया बस्छ कि के हो ! शिर्ष गीत सार्वजनिक(भिडियो)



काठमाडौँ। शरद अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक माया बस्छ कि के हो को शिर्ष गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ।

राजु अधिकारीले निर्देशन गरेको लभस्टोरी चलचित्रमा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका रहेको छ। यो जोडीले यसै चलचित्र बाट डेब्यु गरेका छन्।

चलचित्रको छायाँकारमा रबिन्द्र बराल रहेका छन् । जनपुकार मिडिया हाउस प्रालिको व्यानरमा बनेको चलचित्रमा आरती अधिकारीको कथा,अर्जुन पोखरेलको संगीत,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको निर्मातामा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.