माया बस्छ कि के हो ! फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौँ। शरद अधिकारीको प्रस्तुति रहेको चलचित्र ‘माया बस्छ कि के हो’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको पोस्टर र शिर्ष गीत सार्वजनिक गरेको छ। राजु अधिकारीले निर्देशन गरेको लभस्टोरी चलचित्रमा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका रहेको छ। यो जोडीले यसै चलचित्र बाट डेब्यु गरेका छन्।

पोस्टर तथा गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथिको रुपमा रहेका थिए। उक्त कार्यक्रममा विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । चलचित्रको छायाँकारमा रबिन्द्र बराल रहेका छन् । जनपुकार मिडिया हाउस प्रालिको व्यानरमा बनेको चलचित्रमा आरती अधिकारीको कथा,अर्जुन पोखरेलको संगीत,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको निर्मातामा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.