नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ मार्फत गन्धर्वलाई नगद हस्तान्तरण



काठमाडौँ। नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले एक कार्यक्रम आयोजना गरि धरान ८ मा अवस्तिथ लांघाली समुदायमा आश्रित ६५ जनालाई दिउसोको खाजा वितरण तथा लोक गायक सुरेश गन्धर्व लाई नगद रकम ५८,५००/- हस्तान्तरण गरेको छ ।

प्रदेश नं १ मा आवद्ध चलचित्रकर्मीहरुलाई एकबद्ध बनाउने उदेश्यले स्थापना भएको संस्थाले आयोजना गरेको कार्यक्रमको सभापति महासंघका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए। प्रमुख अतिथिको रुपमा संस्थाका वरिष्ठ सल्लाहकार तथा कलाकार प्रेम सुब्बा रहेका थिए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अरुण प्रधानले ‘हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरु कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हामिले यस्ता आश्रममा गएर त्यहाँ रहेका व्यक्तिहरुको बारेमा बुझ्नु जरुरी छ । हामिले त्यो जीवन बारे बुझाउनको लागिनै आज यस स्थानमा कार्यक्रम गरेका हौ । आगामी दिनमा बर्थडे , एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउदै यस्ता पिडितहरुको सेवा गर्नको लागि सम्पुर्ण चलचित्रकर्मी हरुलाई आग्रह गरे ।

अध्यक्ष प्रधानले २०७८ बैशाखमा महासंघले आयोजना गर्न लागेको प्रदेश १ स्तरिय चलचित्र महोत्सवको बारेमा पनि जानकारी गराएका थिए । सोही अवसरमा एकदिन अघि परेको जन्म दिन मनाउदै महासंघका सदस्य ,कलाकार विजय सुब्बाले सम्पुर्ण आश्रीतहरुको लागि फ्रुटी प्रायोजन गरेका थिए। महासंघको तर्फबाट सम्पुर्णको खाजा प्रायोजन अध्यक्ष अरुण प्रधानले गरेका थिए ।

उक्त कार्यक्रममा डोनेसन बक्स राखी लोक गायक सुरेश गन्धर्वको लागि आर्थिक संकलन पनि गरिएको थियो । डोनेसन बक्सबाट संकलन भएको रकम १३,०००/- , समाजसेवी मिना सिंगक मार्फत दिप्लक सुब्बाको तर्फ बाट रु २०,०००/-, किशोर पन्धाक र सीता तुम्बापोको तर्फ बाट रु २०,०००/- , संतोष लिम्बू तिल्लिङ को तर्फ बाट रु ५,५००/- गरि जम्मा संकलन भएको रकम रु ५८,५००/- बिपि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका सुरेश गन्धर्वलाई प्रदान गरिएको थियो । उक्त कार्यक्रममा महासंघका सल्लाहकार अशोक चेम्जोङ, मायाघर कि सांस्थापक उपाध्यक्ष राधिका थापा , निर्देशक समाज प्रदेश १ का अध्यक्ष रबिन श्रेष्ठ , निर्माता संघ प्रदेश १ का अध्यक्ष लाकमान योन्जन, आदिवासी जनजाती चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष भिम लामा , होप धरानका अध्यक्ष निश्चल पलिखे , सिंगक फाउन्डेसन कि अध्यक्ष मिना सिंगक, धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सुबर्ण पलिखेले अतिथिको आशन ग्रहण गरेका थिए भने कार्यक्रमको संचालन महासंघका महासचिव दिनेश कोईरालाले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.