निर्देशक तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण



काठमाडौं । चलचित्र निर्देशक, निर्माता तथा कलाकार अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

उनले लक्षणबीना सर्तकताका लागि परीक्षण गराउँदा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आफूसंग सम्पर्कमा आएका सबैलाई सचेत रहनका साथै परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन् ।