कोरोना जितेपछि विजय लामाले भने, ‘नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो’


काठमाडौं । वरिष्ठ पाइलट तथा कलाकार विजय लामा कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १७ दिन लामो अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त भएर बिहीबार साँझ घर फर्किएको उनले जानकारी दिएका छन् । उनले सबैको सबैको माया, साथ र प्रार्थनाको कारण नयाँ जीवन मिलेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले कोरोना निको भएर घर फर्किदाको आनन्दलाई बयान गर्न नसक्ने बताएका छन् । उनले ‘नयाँ जीवनको सुरुवाती’ भएको जस्तो लागेको बताएका छन् । उनले अब आफू देश र नेपाली दाजुभाई, दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बढ्ने बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी स्टार अस्पतालको आईसोलेसनमा उपचाररत थिए । कोरोना पुष्टि भएसंगै थुप्रै चलचित्रकर्मीहरुले क्याप्टेन तथा कलाकार लामाको स्वास्थ्य लाभको कामना गरेका थिए । कोरोना पुष्टिपछि उनको स्वास्थ्यमा गम्भीर समस्या समेत देखिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.