कुलमान घिसिङको समर्थनमा गीत ‘कुलमानकै छ खाँचो’ (भिडियो)



काठमाडौँ। देशका वास्तबिक हिरो,सबै नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै उनको समर्थनमा गीत निस्कने क्रम सुरु भएको छ । सुरेश शाहीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतमा सुरेश शाही स्वयम् र पुष्पा बोहराको आवाज रहेको छ।

सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन र राम सिंह भाटको छायाँकन रहेको छ । सार्वजनिक भिडियोमा मोहन निरौला, कृष्ण कँडेल, कृष्णभक्त महर्जन, मिठाराम केसी, रविन्द्र बराल, सुरज चापागाईं ‘बान्द्रे’, सुरेश शाही, पुष्पा बोहरा, शोभा त्रिपाठी, मरिचमान श्रेष्ठ, अर्जुन कुँवर, सुरेन्द्र सिंह विष्ट, निरुता खत्री, भानमती चन्द, प्रवीण बराल, दुर्योधन बस्नेत र दीपक प्याकुरेलको अभिनय रहेको छ ।

२४ घण्टामा १८ घण्टा लोडसेडिङ गराएर सिङ्गो मुलुकलाई नै कङ्गाल बनाउन उद्दत प्राधिकरणका तत्कालिन निर्देशक र सञ्चालक समितिका घुसखोरी पदाधिकारीहरुलाई अझैसम्म कुनै कारबाही भएको छैन भने प्राधिकरणमा आउनेबित्तिकै कुलमानले सिङ्गो मुलुकलाई लोडसेडिङ मुक्त गरेका थिए जुन घटना आम नेपालीका लागि चमत्कार जस्तै भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.