साडीमा सुन्दर श्वेता (फोटोफिचर)



काठमाडौँ। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।

अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगावैदेखि शहर बजारमा चहलपहल हुन्थ्यो । तर, यसपटक कोरोनाको त्रासले तीजको खासै रौनक छैन । समुहमा भेला भएर मनाइने यो पर्व निषेधाज्ञाका कारण घर वा कोठाभित्र खुम्चिएर मनाउनु पर्ने बाध्यता छ । नेपाली चलचित्रका विवाहित वा अविवाहित अभिनेत्रीहरु पनि यसपाली कोरोनाका कारण घरभित्रै बसेर तीज मनाउँदैछन् ।

यसपटक खुलेर तीज रमाउन नपाइने भए पनि केही दिनयता अभिनेत्रीहरुले रातो रंगको साडी लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट्याउँदै तीजलाई स्वागत गरेका छन् । अभिनेत्री श्वेता खड्काले इन्स्टाग्राममा रातो साडी लगाएर खिचेका केही तस्विर शेयर गर्दै आफूलाई तीजले छोएको संकेत गरेकी छन् ।


तस्विर : श्वेता खड्काको इन्स्टाग्रामबाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.