‘लक्ष्य जिन्दगीको’ शुभ मुहर्त सम्पन्न



काठमाडौँ। चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा शुभमूहर्त कार्य सम्पन्न भयो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दिपीका थापा, बादल घिमिरे, कविता राय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेल लगायतका कलाकारको अभिनय रहने छ ।

रामेश राईको निर्देशन रहेने यो चलचित्रमा सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् । जीवन श्रेष्ठको छायाँकन, रवी केसीको शृङ्गार, रामजी राउतको सहायक निर्देशन रहने यो चलचित्र कोरोना कहर केही सहज भए पछि छायाँकनमा जाने निर्माता सुनिलले जानकारी दिए ।