‘सडक २’ को ट्रेलरलाई करोड भन्दा बढी डिस्लाइक



एजेन्सी। हिन्दी फिल्म ‘सडक २’को ट्रेलरलाई करोड भन्दा बढीले डिस्लाइक गरेका छन्। बुधबार सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई करोड भन्दा बढीको संख्यामा डिस्लाइक गरिएको हो। ४ करोड ५० लाखभन्दा बढी हेरिएको ट्रेलरलाई हालसम्म ५ लाख ५० हजारभन्दा बढिले मात्रै लाइक गरेका छन्। चलचित्रमा आलिया भट्ट,सञ्जय दत्त,पुजा भट्ट,आदित्य रोय कपुर,जिस्सु सेन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन्।

विशाल फिल्मको ब्यानरमा बनेको चलचित्रलाई मुकेश भट्टले निर्देशन गरेका छन् भने यसको निर्मातामा महेश भट्ट र मुकेश भट्ट रहेका छन्। मुकेश भट्टले २० वर्षपछि यो चलचित्रमार्फत् निर्देशनमा कमब्याक भएका हुन्।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि बलिउडमा निकै तात्तिएको मुद्दा नातावादलाई लिएर चलचित्रमा डिस्लाइक गर्नेहरू बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘सडक २’ सन् १९९१ मा आएको ‘सडक’ चलचित्रको सिक्वेल हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.